बित्तिय साक्षरता कार्यक्रम 2082.9.24
2026-01-08
बनेपामिति २०८२ पुष २४ गते बिहिबार यस चण्डेश्वरी साकोसको शिक्षा तथा समाज कल्याण उप समितिका संयोजक श्री बद्रि नाथ बादेको संयोजकत्वमा संस्थाको बैठकहलमा सदस्यहरुलाई बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । ४० सदस्यहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाका बचत तथा प्रबद्रर्ण बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठले कार्यक्रम सहजीकरण तथा प्रस्तुतीकरण गर्नुभएको थियो । सदस्यहरुलाई बित्तिय शिक्षाको अवधारण तथा महत्व तथा संस्थाले सदस्यहरुलाई प्रवाह गर्दै आईरहेको सेवा सुबिधाहरुको बारेमा प्रस्तुतीकरण गरिएको थियो । साथै सदस्यहरुबाट सल्लाह सुझाव संकलन गरी कार्यक्रम समापन गरिएको थियो ।
English
Nepali
